सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले पाटेबाघको हड्डी र छालासहित बाँकेमा एक जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रह्री प्रमुख ओमबहादुर रानाले बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. १ का ४६ वर्षीय नवराज घर्ती पाटे बाघको छाला र हड्डीसहित पक्राउ परेको जनाकारी दिए ।
उनले सुराकीको आधारमा बाँके प्रहरी, ५ नं. प्रदेश ब्युरोका प्रहरीको संयुक्त टोलीले सो बाघको छाला र हड्डी मकैबारेीमा लुकाई राखेको अवस्थामा शनिवार दिउँसो कुसुमबाट पक्राउ गरेको बताए ।
प्रहरीका अनुसार बरामद पाटे बाघको छाला १ थान र साढे १० किलो हड्डी प्रकाश आचार्यसमेतको टोलीले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा गोली हानी मारेर निकाली असार १९ गते आचार्यले घर्तीलाई दिएको प्रारम्भिक अनुसंन्धानले खुल्न आएको बताए ।
सो छाला र हड्डी २४ लाखमा बिक्रि गर्ने सहमतिमा घर्तीले आचार्यबाट लिएको जनाकारी आएको छ । प्रहरीले आचार्यसहित सो घटनामा संलग्नहरुको खाजी तीब्र पारेको जनाएको छ ।
बरामद छाला र हड्डी सहित प्रहरी नियन्त्रणमा रहेका घर्तीलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय बाँकेमा पठाउने प्रहरीले बताएको छ ।