२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नाङै एक्सरे गरेको आरोपमा एक पक्राउ



सदरलाइनडटकम,
दाङ : प्रहरीले एक जना स्वास्थ्यकर्मीलाई पक्राउ गरेको छ । घोराहीमा रहेको गोरखा पब्लिक हस्पिटलमा कार्यरत रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका ५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
आइतवार अस्पतालमा छातीको एक्सरे गर्न पुगेकी घोराही १८ की एक महिलालाई डाँगीले पूरै कपडा खोल्न लगाएर एक्सरे गराएको आरोप लागेपछि प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।
ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा डाँगीलाई सोमवार पक्राउ गरेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असार १५ गते सोमबार
ताजा समाचार