नरैनापुरबाट फरार कोरोना संक्रमित पक्राउ

१० जेष्ठ २०७७, शनिबार १४:३८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकाबाट फरार भएका एक संक्रमितलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ ।
नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ संक्रमितमध्ये कोरोना पुष्टि भएसँगै शुक्रवार राति फरार भएका एक जनालाई बिहान ३ बजे फेला पारी नेपालगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
संक्रमित पुष्टि भएपछि आइसोलेशन केन्द्रमा व्यवस्थापनका लागि नेपालगञ्जबाट एम्बुलेन्ससहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली नरैनापुर पुग्दा स्थानीयवासीले अवरोध गरेपछि संक्रमित उनी क्वारेन्टिनबाट बाहिर निस्किएका थिए ।

Next Post

कोरोना देखिएपछि राप्तीसोनारीमा उच्च सतर्कता

१० जेष्ठ २०७७, शनिबार १४:३८
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : पहिलो कोरोना संक्रमित फेला परेपछि राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सतर्कता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सतर्कता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षीय युवकमा शुक्रवार कोरोना संक्रमण पुष्टि भएको थियो । […]