बग्दादमा अमेरिकी दूतावास नजिक क्षेप्यास्त्र प्रहार

६ जेष्ठ २०७७, मंगलवार १५:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : बग्दादको अमेरिकी राजदूतावास नजिक मंगलवार बिहान एउटा क्षेप्यास्त्र प्रहार भएको र ठूलो विस्फोट भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । सेनाद्वारा जारी वक्तव्यमा उक्त क्षेप्यास्त्र बग्दादको पूर्वी जिल्लाबाट प्रहार गरिएको र उक्त क्षेप्यास्त्र निकै सुरक्षित ग्रिन जोनभित्रको खाली भवनमा खसेको उल्लेख गरिएको छ ।
बग्दादको ग्रिन जोन क्षेत्रमा सबैजसो विदेशी राजदूतावासहरु रहेका छन् । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन र त्यसबाट कुनै मानवीय क्षति भएको छैन ।
ग्रिन जोन क्षेत्रमा बेलाबेला क्षेप्यास्त्र आक्रमण हुने गरेको छ । सन् २०२० मा मात्र २७ पटक क्षेप्यास्त्र प्रहार भइसकेको छ । (एजेन्सी)

Next Post

कोरोना भाइरसको खोपमा उल्लेख्य प्रगति

६ जेष्ठ २०७७, मंगलवार १५:२९
सदरलाइनडटकम, काठमाण्डौ : कोरोना भाइरसविरुद्ध पहिलोपटक मानिसमा परीक्षण गरिएको खोपले सकारात्मक परिणाम देखाएको खोप उत्पादक कम्पनीले दावी गरेको छ । पहिलो चरणमा खोप परिक्षण गरिएका ८ जना मानिसमा रोग प्रतिरोधक क्षमता वृद्धि भएको दावी अमेरिकी कम्पनी मोडर्नाले गरेको हो । परीक्षण नतिजा सार्वजनिक गर्दै कम्पनीले परीक्षणबाट यो खोप सुरक्षित देखिनुका […]