सदरलाइनडटकम,
वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका छन् । अस्पतालको आइसोलेशमा रहेका दुई जना कोरोना संक्रमित पुरुष बुधवार बिहानदेखि सम्पर्क बिहीन भएको अस्पताल स्रोतले जनाएको छ ।
पर्सा प्रहरी प्रमुख गंगा पन्थले कोरोना संक्रमित भागेको खबर पाउनासाथ खोजीका लागि प्रहरी खटिएको जानकारी दिइन् । उनले कोरोना संक्रमित भागेको खबर आएलगत्तै खोजीका लागि प्रहरी टोली परिचालन गरिएको बनाइन् । संक्रमित भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको छ ।


