सदरलाइनडटकम,
नेपालगञ्ज : रुखको हाँगा लागेर बाँकेमा एक बालिकाको मृत्यु भएको छ । हाँगा लागेर जानकी गाउँपालिका वडा नं. ६ बुढिया गाउँकी १० बर्षीया निजामुन खाँको मृत्यु भएको हो ।
बिहीवार बिहान आएको हावाहुरीका कारण घरको आँगनमा दिसा गरिरहेको अवस्थामा आँपको रुखको हाँगा भाँचिएर लाग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हाँगा लागेर घाइते भएकी निजामुनलाई उपचारका लागि भेरी अस्पताल ल्याइएपनि उनको बिहान दश बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


