२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

सडक दुर्घटनामा परेर व्यावसायी शर्मा घाइते



सदरलाइनडटकम,
नेपालगञ्ज :  जडिबुटी व्यावसायी तथा नेपालगञ्ज उद्योग बाणिज्य संघका सदस्य टंकप्रसाद शर्मा बिहीबार दिउसो मोटर साइकल दुर्घटनामा परी घाइते भएका छन ।

व्यावसायी शर्मा सवार भे ८ प ५६१८ नम्बरको मोटरसाइकल बिहिवार दिउँसो करिब २ बजेको समयमा नेपालगञ्ज औद्योगिक क्षेत्र अगाडि बिद्युतको पोलमा ठोकिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परे लगत्तै नजिकै रहेको प्रहरीले उनको उद्दार गरी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा र्पुयाएको थियो । उनको अहिले शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइ रहेको शर्माका भाइ जीवन शर्माले जानकारी दिए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । फोटो ः काँचुलीखबरबाट

प्रकाशित मिति : २०७७ वैशाख १८ गते बिहीबार
ताजा समाचार