सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनको मौकाछोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी, टिपर र टेक्टरलाई सशसत्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके नेपालगञ्जले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाएको छ ।
सशस्त्र प्रहरीले गत बैशाख ११ गते बिहान २ बजे डुडुवा गाउपालिका–५ कम्दी नजिक राप्तीनदीबाट बालुवा तथा गिटी लोड गर्दै गरेको अवस्थामा २ वटा जेसिबि, ७ वटा टेक्टर र ६ वटा टिप्पर नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाएको हो ।
कृषि कर्ममा प्रयोग गर्ने उद्देश्यले बिशेष सुविधामा झिकिएका टेक्टर नदीजन्य पदार्थ तथा अन्य अबैध कार्यमा प्रयोगमा ल्याईदा संम्बन्धित निकायले चासो नदिदा सुबिधा दुरुपयोग हुँदै अवैध उत्खननमा प्रयोग हुँदै आएका छन् ।
यतिबेला कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनका समयमा नदीमा जेसिबि नै प्रयोग गरेर अबैध उत्खननमा प्रयोग भएका जेसिवि, टेक्टर, टिप्पर नियन्त्रणमा लिएर जिल्ला समन्वय समिति बाँके परिसरमा राखिएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले गत बैसाख ९ गते मंगलबार बिहान २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरमा लकडाउनको मौका छोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी र टिपरसहित चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले सोमवार राती २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरबाट नियन्त्रणमा लिएको हो ।
जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले लकडाउनको बेलामा जेसिबि प्रयोग गरी नदीबाटै उत्खनन गर्ने कार्यमा संलग्न जेसिवि, टेक्टर र टिप्परलाई हदैसम्मको कारवाही गरिने जानकारी दिए । लकडाउनको मौकामा राजनैनिक संरक्षणमा नदी जन्य पदार्थ चोरी गर्ने गिरोह नै सक्रिय छ ।