अवैध भरुवा बन्दुकसहित महिला पक्राउ

८ बैशाख २०७७, सोमबार १०:२८
 
?

सदरलाइनडटकम,
कैलाली : कैलाली प्रहरीले भरुवा बन्दुकसहित एक महिलालाई पक्राउ गरेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुकसहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक अनिस भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए । गिरीका श्रीमान् चन्द्रराज भने भाग्न सफल भएका छन् ।

Next Post

क्यानडामा गोली हानेर दश जनाको हत्या

८ बैशाख २०७७, सोमबार १०:२८
सदरलाइनडटकम, काठमाण्डौ : क्यानडामा एक ग्रामिण क्षेत्रमा गोली हानेर दश जनाको हत्या गरिएको छ । क्यानडाको नोवा स्कोटिया भन्ने स्थानमा प्रहरीको पोशाक लगाएका एकजना बन्दुकधारीले गोली हानेर १० जनाको हत्या गरेको हो । प्रहरी कारवाहीमा आक्रमणकारी पनि मारिएका छन् । आक्रमणकारी भने १२ घण्टाको प्रयासपछि मारिएका हुन् । घटनामा मारिनेको […]