नेपालगञ्जको हिल्स मेडिलाई दुई लाख जरिवाना

५ बैशाख २०७७, शुक्रबार १४:४६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : उपभोक्तालाई ठगेको आरोपमा नेपालगञ्जस्थित हिल्स मेडि सप्लायर्सलाई जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले गरेको अनुगमनका क्रममा कानूनले तोके भन्दा बढी दरमा सामान बेचेर उपभोक्तालाई ठगेको आरोपमा दुई लाख रुपैयाँ जरिवाना गरिएको हो ।
दरभाउ भन्दा बढी मूल्यमा ह्याण्डवास स्यानिटाईजर बेचेको पाईएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएकोले सोहि ऐनको दफा ३९ को उपदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको निर्मित्त कार्यालय प्रमुख कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
बजार अनुगमन टोलीले उक्त सप्लायर्सलाई खरिद मूल्यमा अधिकतम बिस प्रतिशत भन्दा बढी मुनाफा नलिन र लेवलमा पुरा बिवरण नभएको र केरमेट सामान बिक्रि नगर्न निर्देशन दिएको छ ।

Next Post

बाँकेका थप चार ठाँउमा ‘हेल्प डेस्क’ शुरु

५ बैशाख २०७७, शुक्रबार १४:४६
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाईरस संक्रमणको जोखिमलाई दृष्टिगत गर्दै बाँकेका थप चार स्थानमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको अगुवाईमा कुसुम बजार, मान खोला नजिक, कोहलपुर चोक र धम्बोझी चोकमा ‘हेल्प डेस्क’ सञ्चालन गरिएको हो । कोरोनाको संक्रमण फैलिन नदिन तथा सम्भावित जोखिमको पहिचान गर्न स्वास्थ्यकर्मीसहितको […]