सदरलाइनडटकम,
जाजरकोट : कोरोना भाइरसको आशंकामा जाजरकोटमा र्यापिड टेष्ट विधिबाट विभिन्न स्थानीय तहमा गरिएको २०३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बारेकोट गाउँपालिका, जुनीचाँदे गाउँपालिका, भेरी नगरपालिका र छेडागाड नगरपालिकामा गरिएको परीक्षणमा २०३ जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए । बारेकोटमा ५५, भेरीमा ८४, छेडागाडमा तीन र जुनीचाँदेमा ६१ जनाको कोरोना नमुना परीक्षण गरिएको हो ।
भारतलगायत अन्य मुलुकबाट आएकाहरुको र्यापिड टेष्टमार्फत परीक्षण गरिएको पन्तले बताए । कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सातवटै स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्यापिड टेष्ट गर्न शुरु गरिएको हो ।


