सदरलाइनडटकम,
नेपालगञ्ज : पतिको कुटपीटबाट बाँकेमा एक महिलाको मृत्यु भएको छ । वैजनाथ गाउँपालिका २ नौबस्तास्थित पहाडीपुरका बलसिंह मगरले आइतवार घरायसी विवादमा कुटपीट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलवार मृत्यु भएको हो ।
घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलवार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।
उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मृत्यु भएको बताइएको छ ।
Next Post
फेसवुकमा अफवाह फैलाउने दाङमा एक पक्राउ
२ बैशाख २०७७, मंगलवार १६:२६
सम्बन्धित
-
१२ कार्तिक २०८०, आईतवार १४:०४
गार्डियन लघु बीमा कम्पनीको नयाँ शाखा नेपालगञ्जमा
-
६ चैत्र २०७६, बिहीबार १८:४९
कोरोनाबिरुद्ध नेपालगञ्ज उपनगरपालिका वडातहमा
-
२० श्रावण २०७७, मंगलवार १३:४३
बाँकेका थप तीन जना कोरोनामुक्त
-
२१ मंसिर २०७३, मंगलवार १०:०४
सिचाईको जोहो गर्दै महिला !
-
१४ बैशाख २०८०, बिहीबार १२:४०
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु
-
२४ भाद्र २०७८, बिहीबार १६:१२
डुडुवाको एक विद्यालयमा बिज्ञान प्रयोगशाला स्थापना