सदरलाइनडटकम,
कैलाली : सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमित भेटिएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका १ मा ६० वर्षीया महिलामा कोरोना ’पोजेटिभ’ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ पुगेको छ ।
जसमध्ये १२ जना आइसोलेसनमै उपचाररत छन् भने एक जना निको भइसकेका छन् । लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी ती महिलाको र्यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।
उनी परिवारसहित विरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पठाइएको बताए ।


