मस्जिदमा लुकेकालाई संक्रमण भएपछि अन्यको खोजी गरिँदै

३० चैत्र २०७६, आईतवार १५:२४
 

सदरलाइनडटकम,
काठमाण्डौ : वीरगञ्जको एक मस्जिदमा लुकेका तीन भारतीयलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्यको खोजी थालिएको छ । वीरगञ्ज महानगरपालिका २, छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा लुकेका २१ मध्ये तीनमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार त्यस मस्जिदमा लुकेर शंकास्पदरुपमा बसेका २१ जनाको परीक्षण गर्दा तीनजना भारतीयमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित पुष्टि भएका ३७, ५५ र ४४ वर्षका तीनै पुरुष भारतीय हुन् ।
तीनजनामा कोरोना पुष्टि भएपछि उनीहरु नजिक आएका अन्यको खोजी थालिएको छ । उनीहरु घुमेको स्थानसमेत पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Next Post

घरायसी विवादमा छोराद्वारा बाबुको हत्या

३० चैत्र २०७६, आईतवार १५:२४
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरमा एक जनाले आफ्नै बुवाको हत्या गरेका छन् । कृष्णपुर नगरपालिका ४ का २४ वर्षीय संगी रानाले ५५ वर्षीय बुबा तौला रानाको आइतवार हत्या गरेका हुन् । घरायसी विवादमा रानाले बुवालाई दिउँसो १२ बजे हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ […]