लकडाउन उल्लंघन गर्नेलाई म्यान क्याचिङ्गस्टीकले समात्दै बाँके प्रहरी

२५ चैत्र २०७६, मंगलवार २३:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन उल्लंघन गरी बाहिर निस्कनेलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग सुरु गरेको छ ।

लकडाउन उलङ्घन गर्नेको सँख्या बढ्दै गएपछि बाँके प्रहरी आफैले स्टिक निर्माण गरी प्रयोगमा ल्याएको पहिलो दिन मै २ महिला सहित ४८ जना नियन्त्रणमा लिएको हो ।

मंगलबार नेपालगन्जका बिभिन्न क्षेत्रबाट म्यान क्याचर स्टिक सहित प्रहरी परिचालन भएका थिए । बीपि चोकबाट सुरु गरिएको कारबाही अभियानका दौरान बेलुका ७ बजेसम्म २ महिला सहित ४८ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शिब बहादुर सिंहले जानकारी दिए ।

उनले यस्ता ब्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमा समेत कोरोना संक्रमणको जोखिम बढेपछि इम्प्रोभाइज्ड म्यान क्याचर स्टिक निर्माण गरीएको सिंहले बताए ।


पहिलो दिन पक्राउ परेका ब्यक्तिहरुलाई १ घण्टा प्रशिक्षण दिएर छाडिएको बताउँदै सिंहले भोलीदेखी लकडाउन उलङ्घन गर्ने बिरुद्ध प्रहरी कडा रुपमा प्रस्तुत हुने प्रहरीले चेतावनी समेत दिएको छ ।

स्थानीय स्तरमै उत्पादन गरीएको स्टिक ४–५ फिट लामो भएकाले कुनै पनि ब्यक्तिलाई नछोएरै प्रहरीले नियन्त्रणमा लिन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक सुरज खत्रीले जानकारी दिए । उनले स्टिक प्रयोग गर्ने प्रहरीले आत्मसुरक्षाका लागि पिपिई लगाएको र नेपालगन्जमा हाल यस्ता ५ वटा स्टिक बनाइएको बताए ।

लकडाउन अवधिभर अनावश्यक रुपमा घरबाहिर निस्कने जो कोहीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन म्यान क्याचर स्टिक प्रभावकारी रहेको बताउदै बाँके प्रहरीले लकडाउनको बेलामा अत्यावश्यक काम बाहेक बाहिर नहिड्न आग्रह समेत गरेको छ ।

Next Post

लकडाउन उल्लंघन गर्नेलाई पाँच हजार जरिवाना

२५ चैत्र २०७६, मंगलवार २३:०३
सदरलाइनडटकम, म्याग्दी : कोराना भाइरसको सम्भावित संक्रमणबाट जोगिन म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ । सीमामा रहेको म्याग्दीको मंगला गाउँपालिका–५ का वडाध्यक्ष भूपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जितबहादुर खत्रीलगायत जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित आफ्नै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने […]