जापानमा एक महिने आपातकाल घोषणा

२५ चैत्र २०७६, मंगलवार १६:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलवार जापानको टोकियोसहितका सात प्रान्तमा एक महिना आपातकाल घोषणा गरेका छन् । द जापान टाइम्स न्युजले उल्लेख गरेअनुसार बुधवारदेखि लागु हुने गरी उनले आपतकाल घोषणा गरेका हुन् ।
अहिले घोषणा गरिएको संकटकाल मे ६ सम्म जारी रहनेछ । सोमवार आबेले जापानमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको कारण जापानमा आपतकाल घोषणा गर्न लागिएको बताएका थिए । मंगलवार आपतकालको घोषणा गर्दै आबेले आधारभूत आर्थिक गतिविधि भने यो क्रममा पनि जारी रहने बताएका छन् ।
आपतकालमा पनि सार्वजनिक यातायात र सुपरमार्केटहरु खुला रहनेछन् । यो क्रममा मानिसहरुलाई घरमा नै बस्न र अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ । जापानमा नयाँ संक्रमित देखिने क्रम बढेसँगै विशेषज्ञहरुले जापानमा उल्लेख्य मात्रामा भाइरस फैलिन सक्ने चेतावनी दिएसँगै जापानले आपातकाल घोषणा गर्ने निर्णय गरेको हो ।
आलोचकहरुले भने सरकारले यो कदम चाल्न ढिला गरेको बताएका छन् । जापानमा अहिलेसम्म चार हजार छ सयभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने ९१ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।

Next Post

भारतीय अस्पतालबाट भागेका कोरोना संक्रमित नेपाली पक्राउ

२५ चैत्र २०७६, मंगलवार १६:३२
सदरलाइनडटकम, काठमाण्डौ : भारतको उत्तरप्रदेश राज्यस्थित बागपत जिल्लाको अस्पतालबाट सिसा फोरेर भागेका कोरोनाभाइरस सङक्रमित एकजना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । धार्मिक गतिविधि आदानप्रदानका लागि तब्लीगी जमाती समूहसँग भारत गएका उनी सोमवार अस्पतालबाट भागेका थिए । सुनसरीस्थित भोक्राहाका निवासी ती नेपालीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएपछि शुक्रवार उत्तर प्रदेशको […]