गोली हानेर डोटीमा युवतीको हत्या

२४ चैत्र २०७६, सोमबार १३:३५
 

सदरलाइनडटकम,
डोटी : डोटीमा एक युवतीको गोली हानी हत्या भएको छ । जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतवार राती गोली हानी हत्या गरिएको हो । भरुवा बन्दुकले मृतक महिलाको छातीमा गोली लागेको छ ।
घटनाका बेला घरमा अरु कोही नभएको र उनका २२ वर्षीय श्रीमान् खड्क वन मात्रै भएकाले उनले नै गोली हानेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् ।
यसैबीच हत्या गरिएकी युवतीको २६ दिन अघि मात्र विवाह भएको खुलेको छ । प्रहरी नायब उपरीक्षक देउवाका अनुसार फागुन १३ गते उनका श्रीमान् खडक वनले डडेल्धुराबाट भगाएर ल्याएको खुलेको हो । उनीहरुको फागुन २९ गते मात्र विवाह भएको थियो ।
तर विवाह भएको २५ दिनमै अनिताको गोली प्रहार गरी हत्या भएको छ । केटासँग युवतीको कसरी सम्पर्क भएर विवाह भएको थियो भन्ने अहिलेसम्म खुलेको छैन । प्रहरी उपरीक्षक देउवाले मृतकका श्रीमान्लाई नियन्त्रणमा लिइएको बताए ।

Next Post

राहत वितरणमा भिडभाड नगर्न मुख्यमन्त्री पोखरेलको आग्रह

२४ चैत्र २०७६, सोमबार १३:३५
सदरलाइनडटकम, नेपालगञ्ज : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले राहत वितरण गर्दा कुनै पनि दातालाई सहभागी नगराउन निर्देशन दिएका छन् । सामाजिक सन्जालमा आफ्ना सार्वजनिक गर्दै मुख्यमन्त्री पोखरेलले राहत वितरणमा सामाजिक दुरी कायम गर्न, गराउन निर्देशन दिएका हुन् । तराईका कतिपय पालिका र वडाहरुले राहत वितरण गर्दा भिडभाड देखिएको र […]

सम्बन्धित