बाँकेस्थित सीमामा सशस्त्र प्रहरीको थप निगरानी

२३ चैत्र २०७६, आईतवार १४:१०
 
फायल तस्बिर ।

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि बाँकेसँग जोडिएको भारतीय सीमानाकामा सशस्त्र प्रहरीको तैनाती बढाइएको छ । बाँकेका सबै ठूला साना नाकामा सुरक्षा ब्यवस्था कडा पारिएको हो ।
शनिवार मात्रै कैलाली र कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि बाँकेका सबै सीमा क्षेत्रमा थप सशस्त्र प्रहरी खटाइएको छ । कोरोना संक्रमणबाट बच्न बाँके र भारतको बहराइचका मुख्य सीमानाकामा मात्र नभई चोर बाटोबाट समेत लुकीछिपी भारतबाट मानिसहरु आउने हुँदा सीमा नाकामा थप १ सय २० जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए ।
लकडाउन र सीमानाकालाई पूर्णरुपमा कडाई गरिएको बताउँदै उनले कसैलाई पनि छिर्न नदिन कडा निर्देशन दिइएको जानकारी दिए । सीमामा निगरानी बढाउन बाँकेमा रहेका सबै ६ वटै बोर्डर आउट पोष्ट (बिओपी) मा थप प्रहरी पठाइएको हो ।
नरैनापुर गाउँपालिकाअन्तर्गतका नरैनापुर, गंगापुर, कटकुइँया बिओपी, डुडुवा गाउँपालिकाको कालाबञ्जार बिओपी, नेपालगञ्जको जयसपुर बिओपी र जानकी गाउँपालिकाको बढैैैैैया बिओपीसहित खडँैचा र बढैैैैैया बिओपीको पानी ट्यांकीस्थित फरवार्ड बेश क्याम्पमा थप सशस्त्र प्रहरी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।
विओपीमा सशस्त्र प्रहरीको संख्या धेरै भएपछि प्रत्येक एक किलोमिटरमा प्रहरी बसेर लुकीछिपी आउने मानिसलाई भारतमै फर्काइने उनले बताए ।

Next Post

प्रदेश ५ मा ७५ जनाको कोरोना रिपोर्ट नेगेटिभ

२३ चैत्र २०७६, आईतवार १४:१०
सदरलाइनडटकम, बुटवल : विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी फैलिरहँदा प्रदेश ५ का लागि सुखद खबर सार्वजनिक भएको छ । कोरोना भाइरसको आशंकामा स्वाब परीक्षण गरिएका प्रदेश ५ का सम्पूर्ण रिपोर्ट नेगेटिभए आएका हुन् । सामाजिक विकास मन्त्रालयअन्र्तगतको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ मा परिक्षण गरिएकामध्ये ७५ जनाको रिपोर्ट नेगेटिभ आएको छ […]