नेपालमा कोरोना संक्रमितको संख्या नौ पुग्यो

२२ चैत्र २०७६, शनिबार १४:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भाइरस (कोभिड –१९) का तीन जना नयाँ संक्रमित फेला परेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका प्रेस सल्लाहकार माधव तिवारीका अनुसार, मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकी ३४ वर्षीय महिलामा संक्रमण भेटिएको हो ।
कैलालीकी महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको उनले जानकारी दिए । पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

Next Post

महिला फुटबल विश्व कप अनिश्चितकालका लागि स्थगित

२२ चैत्र २०७६, शनिबार १४:३९
सदरलाइनडटकम, काठमाण्डौ : भारतमा पहिलो पटक हुन लागेको यू–१७ महिला फुटबल विश्व कप कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भएको छ । प्रतियोगिताको नयाँ मिति पछि तय गरिने फिफाले जनाएको छ । यो प्रतियोगिता नोभेम्बर २ देखि २१ तारिखसम्म भारतमा हुने तय भएको थियो । भारतका पाँच ठाउँ– कोलकाता, गुवाहटी, […]