सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा भेटिएको छैठौं कोरोना संक्रमित महिला बागलुङको रहेको खुलासा भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्ध महिला भएको पुष्टि गरे ।
उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् । उक्त जहाजमा आउने तीन जनामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ । ु
स्वास्थ्य मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले नेपालमा छैटौं कोरोना संक्रमित भेटिएको जानकारी गराएका थिए । अहिलेसम्म घरमै बसेकी उनलाई अस्पताल ल्याउने तयारी भइरहेको चिकित्सकहरुले बताएका छन् ।


