होटलबाट क्याम्पसको क्वारेनटाइनमा स्थानान्तरण

१९ चैत्र २०७६, बुधबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको होटेल सामथ्र्य इनमा बनाइएको क्वारेन्टाइनमा राखिएकाहरुलाई बुधवार पुनः महेन्द्र बुहमुखि क्याम्पसमा पठाइएको छ । होटेलमा राखिएका दशै जनाको परीक्षण रिर्पोट नेगेटिभ देखिएपछि मंगलवार साँझसम्म रहेका ५ जनालाई क्याम्पसमा स्थानान्तरण गरिएको हो । अन्यलाई यसअघि नै घर पठाईसकिएको छ ।
कोरोना भाइरसको बिश्वव्यापी प्रकोप बढिरहेका बेला भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका आशंकित व्यक्तिलाई महेन्द्र बहुमुखि क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको थियो । तर क्याम्पसमा निर्माण गरिएको क्वारेन्टाईन व्यवस्थित नभएको भन्दै चौतफी आलोचना भएको थियो ।
सोही समय सामथ्र्य इनका सञ्चालक सरोजकुमार चन्द तथा बिशाल बिक्रम बर्माले आफ्नो होटेललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न मिल्ने जनाएपछि नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा क्वारेन्टाइन बनाएर क्याम्पसमा राखिएकाहरुलाई गत शुक्रवार १४ गते त्यहाँ लगेर राखिएको थियो ।
नेपालगञ्जमै दुई स्थानमा क्वारेन्टाइन बनाइएका कारण काममा अपठ्यारो भएकाले होटेलमा भएकालाई क्याम्पसमै सारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले जानकारी दिए । त्यहाँबाट स्थानान्तरण गरि पुरै होटेललाई स्यानिटाईज गरिएको छ । क्वारेन्टाइनका लागि दिएको र शंका लागेलाई केही नदेखिएपछि त्यहाँ रहेकाहरुलाई हटाइएपछि बुधवार पुरै होटेललाई स्यानिटाइज गरिएको सञ्चालक बर्माले जानकारी दिए ।
बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाईन सकिएपश्चात् स्यानिटाइज गर्नुपर्ने हुन्छ । स्यानिटाईज गर्न नेपालगञ्ज उपमहानरपालिकाकी उपमयेर उमा थापामगर, वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमाल, वडासदस्य रामकुमार बैश्य र नेपालगञ्ज जेसिज वर्ष २०२० का अध्यक्ष प्र्रज्वल श्रेष्ठको उपस्थिति थियो ।


Next Post

जथाभावी औषधि नछर्न उपमहानगरको आग्रह

१९ चैत्र २०७६, बुधबार १८:५०
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिका भित्र उपमहानगरको जानकारी बिना कुनै पनि रसायन नछर्कन सर्वसाधारण सबैको लागि सुचना जारी गरेको छ । उपमहानगको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जारी गरेको सूचनामा नेपालगञ्ज उपमहानगरपालिका भित्रका स्थानहरुमा बिना जानकारी र बिना समन्वय जथाभावी रसायनहरु नछर्न सम्बन्धितलाई आग्रह गरिएको छ । स्वास्थ्य शाखा प्रमुख […]