भारतबाट आएका बाह्र जना क्वारेन्टाईनमा

१७ चैत्र २०७६, सोमबार १६:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. १ साईगाउँका १२ जना युवालाई क्वारेन्टाइनमा राखिएको छ । भारतको दिल्लीबाट सोमवार आएका १२ जनालाई जानकी गाउँपालिका वडा नं. ४ स्थित मानपुरमा बनाइएको क्वारेन्टाइनमा राखिएको हो ।
ति युवाहरुलाई वडा नं. १ का अध्यक्ष मोहम्मद रजा राईको नेतृत्वमा क्वारेन्टाईन पठाइएको छ । उनीहरु जानकी वडा नं. १ संग जोडिएको नेपाल भारतको खुल्ला सिमा भएर नेपाल आउन लागेका थिए । त्यस्तै फ्रान्सबाट आएकी युवतीसंग विमानमा आएका जानकी गाउँपालिकाका २ जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।
जानकीको क्वारेन्टाइनमा हालसम्म पाँच जना बसेका थिए । जसमध्ये ४ जनाको परीक्षण नतिजा नेगेटिभ आएको जानकी स्वास्थ्य शाखा प्रमुख दलबहादुर रानाले जानकारी दिए । क्वारेन्टाइनमा वडा नं. १ का २, वडा नं. ४ का २ र वडा नं. ६ का १ जना बसेका छन् भने एक जनाको स्वाब अहिले पठाइएको छैन ।

Next Post

बुटवलमा मृत्यु भएकाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

१७ चैत्र २०७६, सोमबार १६:०९
सदरलाइनडटकम, बुटवल : बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालमा आइतवार मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ । युवकको दुई पटकको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको अस्थायी अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना ४ सिसौडाडा बस्ने ३४ वर्षका […]