सदरलाइनडटकम,
काठमाण्डौ : नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ ।
दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलवारनै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधवार मात्रै सार्वजनिक गरेको हो ।
गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा पनि संक्रमण पत्ता लागेको थियो । कोरोनाभाइरसबाट संक्रमित तीन जनामध्ये १ जना सामान्य अवस्थामा फर्किसकेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।
Next Post
कतारबाट बाँके आएका तीन नेपालीको पहिचान खुल्यो
१२ चैत्र २०७६, बुधबार १५:५६
सम्बन्धित
-
२१ माघ २०७९, शनिबार १८:५४
संघीयताको मर्म अनुसार काम गर्छौं–मुख्यमन्त्री गिरी
-
१२ जेष्ठ २०७९, बिहीबार १७:४३
लोकप्रिय गायक तुलसी सिवाकोटीको ‘प्रेमको निशानी’ गीत सार्वजनिक
-
२१ भाद्र २०७५, बिहीबार १८:०८
वडा बाल संरक्षण समितिको पुनरगठनसंगै कोषमा सहयोग
-
२१ श्रावण २०८०, आईतवार १४:५१
चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्काे
-
२१ असार २०७७, आईतवार १३:५३
कोरोनाको बेवास्ता गर्दै वन कार्यालयमा भिड
-
१४ जेष्ठ २०८१, सोमबार १८:५१
बाँकेमा गर्मी बढेपछि तीन दिन विद्यालय बन्द