जनता कर्फ्युको दोस्रो दिन नेपालगञ्ज सुनसान

१२ चैत्र २०७६, बुधबार १५:४४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा प्रशासनले लगाएको जनता कर्फ्यु बुधवार दोश्रो दिन पनि जारी छ । कर्फ्युका कारण बिहानैदेखि सदरमुकाम नेपालगञ्ज, कोहलपुर, खजुरा, बैजनाथलगायतका स्थानहरु सुनसान देखिन्छ । सबै स्थानहरुमा मानिसहरु अत्यावश्यक काम बाहेक बाहिर निस्केका छैन ।
फ्रान्सबाट नेपाली आएकी कोरोना संक्रमित युवतीसंग आएका नेपाली मध्ये बाँकेका समेत चार जना रहेको खुलेपछि अहिले झन त्रास उत्पन्न भएको छ । सरकारले खोजी गर्न निर्देशन दिएपनि उनीहरु कहाँ छन् अहिलेसम्म खुल्न सकेको छैन । उनीहरुका कारण अन्यमा हुनसक्ने संक्रमण नियन्त्रणका लागि बाँके प्रहरीले उनीहरुको खोजी भइरहेको जनाएको छ ।
बिश्वव्यपीरुपमा कोरोनाको संक्रमफण फैलिँदै गएपछि नेपालगञ्जमा आइतवारदेखि लक डाउन गरिएको थियो । तर स्थानीयले अटेरी गरेपछि प्रशासनले मंगलवारबाट बाँकेमा जनता कफ्र्यु लगाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले कोरोनाको संक्रमण फैलन सक्ने भएकाले मानिसको चहलपहललाई न्युन गर्न जनता कफ्र्यु लगाएको बताए । जनता कफ्र्युका समयमा बाहिर निस्किएकाहरुलाई प्रहरीले सम्झाउँदै पठाउने गरेको छ भने कतिपयलाई कारवाही गर्ने गरेको छ । प्रहरीले पैदलयात्रुलाई सोधपुछ गरी ईमर्जेन्सी भएकालाई छोडेको छ ।
बजार पुर्णरुपमा बन्द छ । नेपालगञ्ज लगायतका क्षेत्रमा खाद्यान्न, औषधी पसल, तरकारी मण्डी जसता ठाउँमा साँझ भने भिड उस्तै हुने गरेको छ । यसले मानिसहरुमा संक्रमणको सम्भावना बढ्न सक्ने भन्दै स्थानीयले नगरपालिकाले भिडभाड हुन नदिने प्रक्रिया अपनाएर यस्ता खाद्य बस्तु उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताउँछन् ।

Next Post

कोरोना संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा

१२ चैत्र २०७६, बुधबार १५:४४
सदरलाइनडटकम, काठमाण्डौ : नेपालमा कोरोनाभाइरसबाट संक्रमित तेस्रो व्यक्ति दुबईबाट आएको खुलासा भएको छ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको लक्षण देखापरेपछि गत चैत १० गते परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेको अस्पताल स्रोतले जनाएको छ । दुबईबाट उनी चैत्र ५ गते स्वदेश फर्किएका थिए । कोरोनाभाइरस कोभिड–१९ […]

सम्बन्धित