सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

१० चैत्र २०७६, सोमबार १५:५५
 

सदरलाइनडटकम,
दाङ : दाङको देउखुरीमा बसको ठक्करवाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । काठमाण्डौबाट दाङ तुलसीपुर आउँदै गरेको ना ६ ख ३९६७ नम्बरको बसले विपरीत दिशा तिर गइरहेको रा १ ब ११८ नम्बरको मोटरसाइललाई सोमवार बिहान गढवा गाउँपालिका वडा वडा नं. १ जुरेनीमा ठक्कर दिएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक २५ वर्षीय गणेश पुनको मृत्यु भएको छ भने पछाडी बसेका २४ वर्षीय रमेश वली घाइते भएका छन् । रुकुमको त्रिबेणी गाउँपालिका २ खाडामा स्थाई घर भएका मृतक पुन रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भएको जनाइएको छ ।
साथै घाइते वली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ घर भई सोही गाउँपालिकाका कम्प्युटर अपरेटर हुन् । घाइते वलीको कम्मर, छाती र टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । वलीको घोराहीमा उपचार भइरहेको छ ।

Next Post

नेपालगञ्जमा दैनिक उपभोग्य वस्तु पर्याप्त

१० चैत्र २०७६, सोमबार १५:५५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुहरु पर्याप्त मात्रामा पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सोमवार गरेको संयुक्त बजार अनुगमनमा नेपालगञ्जमा खाद्यान्न, किराना तथा खाना पकाउने ग्याँस पर्यापत मात्रामा पाइएको नेपालगञ्ज उप–महानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए । टोलीले कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनल तथा ब्राईट किराना […]