उपचारमा संलग्न डाक्टरलाईनै कोरोना

५ चैत्र २०७६, बुधबार १७:०४
 

सदरलाइनडटकम,
काठमाण्डौ : भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसिन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट तीनजनाको मृत्यु भएको छ भने हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

Next Post

नरैनापुरमा हेल्थ डेस्क थपिँदै

५ चैत्र २०७६, बुधबार १७:०४
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाका थप ४ स्थानमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । यसअघि एक स्थानमा हेल्थ डेस्क स्थापना गरिएको थियो । विश्वव्यापी बनेको कोरोना भाइरसको संक्रमण रोक्न भारत आवतजावत हुने थप चार स्थानमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरिएको हो । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा […]