भारतले सीमानाका बन्द गर्ने हल्ला अफवाह मात्र

२९ फाल्गुन २०७६, बिहीबार १५:२३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारत सीमानाका बन्द हुने हल्ला निराधार भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
भारतले कोरोना भाइरसको संक्रमण फैलन नदिन एक महिनाका लागि सीमा बन्द गर्ने निर्णय लिएको खबर फैलिएपछि हल्लाको पछि नलाग्न बाँके प्रशासनले आग्रह गरेको छ । नेपाल र भारतका नागरिकका लागि नभई तेश्रो मुलुकका पर्यटकका लागि भारतले भिसा मात्र रद्द गरेको प्रशासनले जनाएको छ ।


के हो वास्तविकता ?
मार्च १३ अर्थात शुक्रवार दिनको १२ बजेबाट लागे हुने गरी अप्रिल १५ सम्मका लागि भारतले विदेशीलाई भीसा रद्द गरेको हो । अहिलेसम्म भारतले सिमानाका बन्द गर्नेबारे कुनै आधिकारी निर्णय लिएको छैन । भारतले तेश्रो मुलुकका नागरिकको यात्रामा मात्र कडाई गरेको हो । अप्रिल १५ सम्म कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने छैनन् ।
कोरोना भाइरस सर्न नदिन यस्तो निर्णय लिइएको जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खाडकाले सीमानाका बन्द गर्ने बारे भारतीय पक्षद्वारा कुनै जानकारी नआएको बताए । विश्वभर फैलीरहेको कोरोना भाइरसलाई दृष्टिगत गर्दै भारतले विदेशी नागरिकलाई केहीदिनका लागि भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको भन्दै उनले सीमा बन्द हुने हल्ला अफवाह भएको जानकारी दिए ।
भारतले कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ । उसले गैरआवासीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिँदै आएकोमा एक महिनाका लागि रद्द गरेको हो । यो सबै निर्णय शुक्रबारबाट लागू हुनेछ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भारतमा कोरोना भाइरस पीडितको संख्या ६१ पुगेको छ । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।

Next Post

भिजन टेलिभिजनलाई पत्रकारको तलब दिन महसंघको ताकेता

२९ फाल्गुन २०७६, बिहीबार १५:२३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल पत्रकार महासंघ बाँकेले सञ्चारकर्मीलाई लामो समयदेखि पारिश्रमिक नदिएको एक सञ्चार संस्थालाई ध्यानाकर्षण पत्र पठाएको छ । महासंघ बाँकेको पारिश्रमिक कार्यान्वयन समितिका संयोजक तथा बाँकेका उपाध्यक्ष प्रदीप वाग्लेद्वारा जारी प्रेसनोटमा सथानीय भिजन सञ्चार सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित भिजन टेलिभिजनमा कार्यरत सञ्चारकर्मी भगतराम थारु, रबिन्द्र सिंह ठकुरीलगायतले लामो […]