डोल्पामा फैलिएको रोग रुघाखोकी भएको पुष्टी

२४ फाल्गुन २०७६, शनिबार १३:०८
 

सदरलाइनडटकम,
डोल्पा : डोल्पामा फैलिएको अज्ञात रोग कोराना नभई मौसमी रुघाखोकी भएको पुष्टि भएको छ । त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १ करेलीकाँडाका तीन जना बिरामीको नमुना काठमाण्डौ पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा रोगको पुष्टि भएको हो ।
गाउँनै थला पार्ने गरि दुई सातादेखि फैलिएको उक्त रोग कोरोना नभई मौसमी रुघाखोकी भएको जिल्ला अस्पतालकी डा.मेलिना हमालले जानकारी दिइन् ।
सरसफाइमा ध्यान नदिँदा गाउँभरीनै रोग फैलिएको भन्दै डा. हमालले सामान्य रुघाखोकी र झाडापखाला लाग्दा बच्ने उपायको बारेमा स्थानीयलाई जानकारी दिइएको बताइन् ।

Next Post

ट्रयाक्टर दुर्घटना हुँदा गोरखामा एकको मृत्यु

२४ फाल्गुन २०७६, शनिबार १३:०८
सदरलाइनडटकम, गोरखा : ट्रयाक्टर दुर्घटना हुँदा गोरखामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ग १ त ४६८२ नम्वरको ट्रयाक्टर गोरखामा दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मोतिपुरका २३ बर्षीय ट्रयाक्टर चालक यज्ञ भण्डारीको मृत्यु भएको हो । शुक्रवार राती भएको दुर्घटनामा दाङ घर […]

सम्बन्धित