सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाईरसको समस्या जटिल बन्दै गएपछि बाँकेका अधिकारकर्मीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको पहलमा अध्यक्ष विश्वजित तिवारी नेतृत्वको टोलीले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाका नागरिकलाई सरक्षाको अनुभुति दिन, नागरिकको स्वस्थ भई बाँच्न पाउने अधिकार सुनिश्ति गर्न गराउनका लागि ज्ञापन पत्र बुझाइएको हो । ज्ञापनपत्रमा नेपाल भारत सिमा नाका, बसपार्क, एयरपोर्ट जस्ता बाहिरबाट आवागमन हुने सार्वजनिक स्थानमा समेत आवश्यक स्वास्थ्यकर्मी खटाई जीउ ज्यान सुरक्षाका लागि माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले यसप्रति आफु सचेत रहेको र जिल्लामा त्यस्तो समस्या आउन नदिन उच्च सर्तकता अपनाउने प्रतिबद्धता जनाए ।
Next Post
होली खेल्दा सतर्कता अपनाउन नेकपाको आग्रह
२० फाल्गुन २०७६, मंगलवार १८:३५
सम्बन्धित
-
७ बैशाख २०७७, आईतवार १८:२९
प्रहरी हिरासतका थुनुवाको ‘आरडिटी’ जाँच सबैको नेगेटिभ
-
१४ भाद्र २०७५, बिहीबार १७:१५
तीन दिनसम्म वर्षातको अनुमान
-
२३ मंसिर २०७९, शुक्रबार १३:०१
बर्दियाको जब्दिघाट पुल मर्मत नगरिँदा स्थानीयलाई समस्या
-
११ श्रावण २०८०, बिहीबार १३:५३
बाँकेमा एक सय ११ हेक्टर जमिनमा वृक्षारोपण
-
१० बैशाख २०७९, शनिबार १७:२६
मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष सिग्देल