पछिल्लो समय मोडलिङ पेशा मोफसलमा पनि सशक्त बन्दै गएको छ । मोडलिङ पेशा भन्ने वित्तिकै काठमाण्डौ नै जानु पर्छ भन्ने मान्यता पनि अहिले हट्दै गएको छ । मोफसलमा बसेरै पनि यहाँका किशोेरीहरुले आफ्नो भविश्य खोजिरहेका छन् । यसै सन्दर्भमा बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको ‘मिस मिडवेष्ट’ को सातौ संस्करणका प्रतियोगि हुन नेपालगञ्ज उप–महानगरपालिका गणेशपुर निवासी ईशा गौली । मोडलिङमा आफ्नो भविष्य खोज्नकै लागि १८ बर्षिया गौली अहिले ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छन् । ११ कक्षामा अध्यनरत प्रतियोगी नं. ९ बाट परिचित गौली संग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।
मोडलिङ क्षेत्रमा किन आउनुभयो ?
मेरो सानैदेखि श्रृङगार र पहिरनको शोख थियो । त्यसैले मैले यस क्षेत्रमा प्रवेश गरकी हुँ ।
मोडलिङ बाहेक रुचि केके छन् ?
मलाई विषेश गरि मोडलिङ नै मन पर्छ । तर, मोडलिङ बाहेक मलाई नर्स बन्न एकदमै मन छ ।
प्रेमको कुनै अनुभव छ ?
मैले अहिलेसम्म प्रेमको अनुभव गरेकी छैन ।
जीबन साथी कस्तो चाहानुहुन्छ ?
म सरल स्वभावको असल जीवन साथी चाहान्छु । जो संग जिन्दगीको हरेक परिस्थिती साट्न सकियोस ।
प्रेम प्रस्ताव राख्ने कति छन् ?
अहिलेसम्म कसैले पनि पे्रमको प्रस्ताव राख्नुभएकै छैन ।
सपना के छ ?
मलाई नर्स बन्ने मन छ । मेरो सपना पनि यहि हो ।
प्रस्तुती : लक्ष्मी तिमिलसेना
फोटो : पवन श्रोतिया / ब्लु ओरिजन