कुशल ईन्जिनियर बन्ने सपना बोकेकी सारदा

१९ माघ २०७६, आईतवार १९:५०
 

‘मिस मिडवेष्ट’ को सातौ संस्करण बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको छ । ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित यसै संस्करणका प्रतियोगि हुन रुकुम घर भई हाल नेपालगञ्ज उप–महानगरपालिका निवासी शारदा बुढा । ईलेक्ट्रिकल ईन्जिनियरमा डिप्लोमा सकेर बसेकी बुढा प्रतियोगी नं.१ बाट परिचित छिन् । उनका बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग भेटेर गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।

मोडलिङ क्षेत्रमा किन आउनुभयो ?

 सानैदेखिको सपना मोडल बनेर समाजको उदाहरणीय पात्र बन्न रहेको थियो । मोडलिङ क्षेत्रमा नै भविष्य खोज्ने चाहाना थियो सानै बाट त्यसैले म यस क्षेत्रमा प्रवेश गरे ।

मोडलिङ बाहेक रुचि केके छन् ?

 मलाई समाज सेवामा रुचि छ । मेरो ठुलो घर बनाएर धनि बन्न भन्दा पनि सानो घर होस, थारै आम्दानी होस । तर समाज सेवा गर्न मन एकदमै मन छ ।

प्रेमको कुनै अनुभव छ ?

 प्रेम भनेको बुवाआमासँग पनि गरिन्छ साथीभाईसंग पनि हुन्छ । प्रेम केटासैग मात्रै गर्नपर्छ भन्ने पनि छैन । बुवाआमा र साथीभाईसंगको प्रेम अनुभव छ ।

जीबन साथी कस्तो चाहानुहुन्छ ?

 विवाह गर्दा मन मिल्ने मान्छेसँग गर्ने योजनामा छु । अनुहार हेरेर म जीवन साथी छान्दिनँ । जीवन साथीको बानीबेहोरा असल हुनुपर्छ । आजभोलीका केटाहरूले केटी मान्छेको पेशालाई सम्मान गर्दैनन्न् । त्यसैले म केटीलाई सम्मान गर्ने जीवन साथी चाहन्छु ।

प्रेम प्रस्ताव राख्ने कति छन् ?

 नढाँटी भन्नु पर्दा मलाई धेरैले प्रेम प्रस्ताब राख्नुभयो । तर मैले भने कसैको प्रस्ताव पनि स्विकार गरेको छैन ।


सपना के छ ?

 राम्रो अभिनेत्री बन्ने मन सानैबाट थियो । तर, समाजमा अझै पनि अभिनेत्री प्रतिको दृष्ट्रिकोण अझ सकरात्मक भई नसकेकोले आफन्त सबैले अभिनेत्री नबन्न दबाब दिएका कारण कुशल ईन्जिनियर बन्ने सपना छ ।

 

प्रस्तुती  : लक्ष्मी तिमिल्सेना             

 फोटो  : पवन श्रोतिया  / ब्लु ओरिजन

Next Post

शहिद दिवशमा जिल्ला स्तरिय वक्तृत्वकला र निबन्ध प्रतियोगिता

१९ माघ २०७६, आईतवार १९:५०
सदरलाइनडटकम, नेपालगञ्ज  : अमर शहिदहरुको संझनामा शहीद दिवश–२०७६ को अवसर पारेर नेपालगञ्ज आर्य समाजले जिल्लास्तरिय अन्तर माध्यमिक विद्यालयका विद्यार्थी बिच निबन्ध र वक्तृत्वकला प्रतियोगीताको सम्पन्न गरेको छ । अमर शहिदहरुले गरेको बलिदानपूर्ण संघर्षले नेपालको सामाजिक जागरणमा पुर्याएको योगदानको नयाँ पुस्ताले पनि थाहा पाउन भन्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आर्य समाज […]

सम्बन्धित