संस्कृत शिक्षा दिने विद्यालय नेपालगञ्जमा खुल्यो

१६ माघ २०७६, बिहीबार १६:१८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जको परस्पुरमा संस्कार विद्या निकेतन सञ्चालनमा आएको छ । विद्यालयको बिहीवार सरस्वती पूजाको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष अजयकुमार पाठकले उद्घाटन गरे । वडाध्यक्ष पाठकले थुप्रै विद्यालयहरुको भीडमा संस्कार निकेतन एक पृथक र सफल विद्यालयको रुपमा परिचित हुने विश्वास ब्यक्त गरे ।
विद्यार्थीहरुलाई संस्कारसहितको शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको विद्यालयमा शुरुको बर्ष नर्सरीदेखि कक्षा १ सम्म पढाई हुने संस्थापक कृष्णादेवी पाण्डेले बताइन् । विद्यायलयमा संस्कृत विषयसमेत पढाइने बताउँदै पाण्डेले प्रत्येक बर्ष कक्षा बढाउँदै लगिने जानकारी दिइन् ।
संस्थापक प्रेम शर्माले विद्यालयमा योग, ध्यान, व्यायाम, प्रणायम समेत सिकाउने बताए । उद्घाटन कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमाल, ८ का अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता लगायतले शुभकामना दिएका थिए । आज भर्ना भएका विद्यार्थीलाई निःशुल्क नाम लेखेर किताबसमेत प्रदान गरिएको प्रिन्सिपल सुचिता अर्यालले जानकारी दिइन् ।

Next Post

पाँच बुँदे सहमतिपछि सुर्खेत सामान्य बन्दै

१६ माघ २०७६, बिहीबार १६:१८
सदरलाइनडटकम, सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर ३ गौतमचोकमा मंगलवार टिपरले किचेर कालीकोटका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगर सामान्य बन्न थालेको छ । तीन दिनको प्रयासपछि बिहीवार पीडितपक्ष र प्रशासनबीच पाँच बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । प्रहरी नियन्त्रणमा रहेका टिपर चालक राजकुमार बोहोराविरुद्ध […]

ताजा अपडेट