पुर्णिमा कुमारी वैश्य ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित ‘मिस मिडवेष्ट’ को सातौ संस्करणको प्रतियोगी हुन । प्रतियोगी नं.२ बाट परिचित उनी नेपालगञ्ज उप–महानगरपालिका त्रीभुवनचोक निवासी हुन । प्रतियोगी बैश्यको बारेमा जानकारी गराउने उद्देश्यले उनीसंग गरिएका कुराकानीको सम्पादित अंश ।
रुचि
म नृत्यमा रुचि राख्छु । न्वारन, वर्तवन्ध र विवाह जस्ता संस्कारमा म सानैबाट नाच्न गर्थे त्यसैले पनि नृत्य मलाई एकदमै मनपर्छ ।
भ्रमण
मलाई भ्रमण गर्न एकदमै मनपर्छ । प्राय मलाई भारत मनपर्छ । सायद मेरो मामा घर भएर पनि होला ।
खाना
मलाई खाना भन्दा पनि फलफुल मनपर्छ । फलफुलमा पनि मलाई एकदमै मनपर्ने भनेको ‘आँप’ हो ।
पहिरन
मेरो मनपर्ने पहिरन सारी हो । हाम्रो संस्कारमा पनि सारी नै लगाईन्छ । त्यसैको प्रभाव पनि हुन सक्छ ।
सिनेमा
मलाई माधुरी दिक्षितले अभिनय गरेको हिन्दी सिनेमा ‘हम साथ साथ हे’ नामक चलचित्र मलाई एकदमै मनपर्छ ।
अविस्मरणिय क्षण
म प्राय खुसी नै हुन्छु । तर, मैले जिवनमा अहिले सम्म तेस्तो अविस्मरणिय केहि पाएकी छैन ।
लक्ष्य
मेरी पारिवारीक पृष्ठभुमि पनि यहि भएका कारण मलाई ‘फेसन डिजाईनर’ बन्न मन छ अथवा भनौ न मेरो लक्ष्य नै एक सफल ‘फेसन डिजाईनर’ बन्नु हो ।
प्रस्तुती : लक्ष्मी तिमिल्सेना