कोरोना भाइरसबाट चीनमा ८० को मृत्यु, दुई हजार संक्रमित

१३ माघ २०७६, सोमबार १४:४९
 

सदरलाइनडटकम,
काठमाण्डौ : चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले ८० जनाको मृत्यु भएको र झण्डै दुइ हजार ७४४ जना संक्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
संक्रमितमध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको आयोगले जनाएको छ । गत २४ घण्टायता ७६९ जना नागरिकमा यो भाइरसको संक्रमण देखिएको छ ।
त्यसैगरी ३ हजार ८०६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ । यस कोरोना भाइरसबाट निको भएर एक हजार भन्दा बढी व्यक्ति अस्पतालबाट घर फर्किएको समाचारमा जनाइएको छ । (एजेन्सी)

Next Post

प्रभात माविले मनायो वार्षिकोत्सव

१३ माघ २०७६, सोमबार १४:४९
सदरलाइनडटकम, बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिका वडा नं. ५ अरनिकोनगर, जि गाउँस्थित प्रभात माध्यमिक बिद्यालयले सोमवार ५१ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालयले एक समारोहका बीच आफ्नो स्थापनाको ५१ वर्ष र अभिभावक दिवस मनाएको हो । दिवसका अवसरमा बिद्यालयको बिकासमा सहयोग गर्ने चन्दा दाता, सहयोगी दाता, उत्कृष्ठ शिक्षक कर्मचारी, […]

सम्बन्धित