कोहलपुरको बिभिएम स्कुलमा निःशूल्क स्वास्थ्य शिविर

९ माघ २०७६, बिहीबार १४:४७
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको बिभिएम.सेकेन्डरी स्कुलमा माघ १० गते शुक्रबार निःशूल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

नेपालगन्जको कृष्ण मेडिकल हलको आयोजनामा हुने निःशूल्क स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पुरा भएको सो शिविरका संयोजक उत्सव मगरले जानकारी दिए ।


सो शिविरमा प्रसुती तथा महिलाहरुमा हुने विभिन्न खाले संक्रमण (छाति, मुटु, टाउको, नशा, थाइराइड, सुगर) लगायतको निःशूल्क चेकजाँच गरिने संयोजक मगरले बताए ।

शिविरमा भेरी अस्पताल नेपालगञ्जमा कार्यरत प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा.नबिन बुढाथोकी, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कन्सलटेन्टफिजिसियन डा.शकर केसीलगायतले स्वास्थ्य परिक्षण गर्ने आयोजकले जनाएको छ ।

Next Post

नेपालगञ्ज विमानस्थलमा ‘सहायता स्थल’ स्थापना

९ माघ २०७६, बिहीबार १४:४७
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेको राँझास्थितनेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको मानवीय सहायता स्थलको उद्घाटन गरिएको छ । प्रदेश नं. ५ अन्तर्गत बाँके र बर्दियालाई लक्षित गरि निर्माण गरीएको उक्त सहयता स्थलको गृह सचिब प्रेम कुमार राइ र नेपालकालागि बेलायती राजदुत मिकोला पोलिटले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रममा बेल्दै बेलायती राजदुत […]