काँग्रेस प्रदेश ५ संसदीय दलका नेता पोखरेलको निधन

६ माघ २०७६, सोमबार १६:३५
 

सदरलाइनडटकम,
बुटवल : नेपाली काँग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सरका कारण थलिएका ८२ वर्षीय पोखरेलको सोमवार रुपन्देही तिलोत्तमा १४ खैरियास्थित निवासमा निधन भएको हो ।
१९९४ साल माघ १९ गते प्युठानमा जन्मिएका काँग्रेसका पुराना नेता पोखरेल कांग्रेको सिफारिशमा समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य बनेका थिए ।
प्रदेश सभाकै जेष्ठ सदस्य शर्माले प्रदेश सभाका सदस्यहरुलाई जेष्ठ सदस्यको हैसियतमा सपथ ग्रहण गराएका थिए । शर्माले संस्कृत साहित्यमा मध्यमा गरेका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् ।

Next Post

बैतडीमा एक वडाध्यक्षको निधन

६ माघ २०७६, सोमबार १६:३५
सदरलाइनडटकम, बैतडी : बैतडीमा एक जना वडाध्यक्षको निधन भएको छ । बैतडीको डिलाशैनी गाउपालिका वडा नं. ४ का अध्यक्ष परमल सिह बोहराको निधन भएको हो । बिगत २ वर्षदेखि फोक्सोको क्यान्सरका बिरामी रहेका वडाध्यक्ष बोहराको सोमवार निधन भएको हो । उपचार गराइरहेका बोहराको ६२ वर्षको उमेरमा निधन भएको वडा सदस्य […]