जेष्ठ नागरिकको स्वास्थ्यबारे संवेदनशीलता आवश्यक

५ माघ २०७६, आईतवार १८:३७
 

सदरलाइनडटकम,
लक्ष्मी तिमिल्सेना/नेपालगञ्ज : ८४ वर्षभन्दा माथिका जेष्ठ नागरिकको स्वास्थ्यबारे सबै संवेदनशील भएर लाग्नुपर्ने बाँकेका सरोकारवालाहरुले बताएका छन् । नेपालगञ्जमा आईतवार गरिएको जेष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जिल्लामा ८४ वर्ष माथिको उमेर समूहको जनसंख्या ५ सय ७६ रहेको जानकारी दिँदै लक्षित जेष्ठ नागरिकको हेरचारका लागि उनीहरुको परिवारलाई जागरुक बनाउनु पर्नेमा जोड दिए ।
स्वास्थ्य समस्या समाधानबारे चेतना जगाउने, जेष्ठ नागरिकहरुको समस्याको पहिचान गरि आवश्यकताअनुसार रोकथाम, निदान र उपचारको विधिबाट समस्या समाधान गर्नुपर्ने भन्दै शाहीले जेष्ठ नागरिकको स्वास्थ्यमा आउनसक्ने समस्याका मुख्य कारक तत्वको पहिचान गरि समस्याको घरेलु तथा बैकल्पिक उपचार पद्धतिमा जोड दिनुपर्ने बताए ।
जेष्ठ नागरिकहरुमा देखापर्ने जटिल स्वास्थ्य समस्याको हकमा थप उपचार सेवाका लागि सुविधा सम्पन्न अस्पतालमा जानु पर्ने भएमा थप सेवाको समेत व्यवस्था मिलाउने भन्दै उनले जेष्ठ नागरिकहरुलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराई जनताप्रति सरकार जिम्मेवार भएको महशुस गराउने उद्देश्यले ८४ बर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरघरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिएको बताए ।
८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई दिइने सेवा, जाँच गर्ने प्रक्रियाबारे भेरी अस्पतालका कन्सल्टेन्ट फिजिशीयन डा. खगेन्द्र जंङशाहले जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै राजनीतिक दलहरुका तर्फबाट सुधांशु कोईराला र जेष्ठ नागरिकका तर्फबाट भगवती शाहले जेष्ठ नागरिकको स्थास्थ्यप्रति चिन्ता र चासो व्यक्त गरेका थिए ।
आर्थिक बर्ष २०७५/७६ मा बाँकेको ६ वटै स्थानीय तहअन्तर्गतका २७ वटा स्वास्थ्य चौकीबाट १ हजार ६ सय ५२ पटक जेष्ठ नागरिकहरुलाई घरमै पुगेर स्वास्थ्य सेवा दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Next Post

प्रतिबन्धित जडीबुटीसहित बाँकेमा एक पक्राउ

५ माघ २०७६, आईतवार १८:३७
सदरलाइनडटकम, कोहलपुर (बाँके) : ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटीसहित बाँकेमा एक जना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ९ का २१ बर्षीय जगत ढकाल प्रतिबन्धित जडीबुट पाँचऔलेसहित कोहलपुरबाट पक्राउ परेका हुन् । पाँच नम्बर प्रदेश प्रहरी व्युरोबाट प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा गएको टोलीले ढकाललाई सोमवार दिउँसो २ […]

सम्बन्धित