चलचित्र ‘साङलो’को प्रचारमा व्यस्त बिराज

२६ पुष २०७६, शनिबार १६:०८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली कथानक चलचित्र साङलो अहिले चर्चामा छ । लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक बिराज भट्टले कडा मेहनत र परिश्रमका साथ निर्माण गरेकोले यो चलचित्र चर्चामा आएको हो । नायक बिराज केही समय नेपाली चलचित्र क्षेत्रबाट पलायन जस्तै भएका थिए । एक समयमा नायक भट्ट भोजपुरी चलचित्रमा करियर बनाउन सक्रिय देखिएका थिए ।
तर भोजपुरी चलचित्रमा काम गरेपनि उनलाई नेपाली चलचित्रको मोह भने कायमै थियो । त्यही मोहका कारणले बिराज यतिबेला आफ्नै निर्देशनमा चलचित्र साङलो लिएर नेपाली चलचित्र दुनियामा फर्किन लागेका हुन् । यस क्रममा नायक बिराज शनिवार नेपालगञ्जका पत्रकारहरुसंग भेटघाट गरेका छन् । चलचित्रकै प्रसारका लागि निस्किएका नायक भट्ट नेपालगञ्जका पत्रकारहरुसंग कुरा गर्दै कडा मेहनतका साथ यो चलचित्र ल्याउन लागेका बताए ।
यो चलचित्र निर्माणमा करीब एक वर्ष लागेको भन्दै नायक भट्टले नायकबाट निर्देशनमा जाँदा यस चलचित्रले थुप्रै कुरा सिकाएको बताए । नेपाली सिनेमाबाट गायब भएका बिराजले भने अब नेपाली चलचित्र क्षेत्रमा निरन्तर रहने दृढता व्यक्त गरे । साङलो चलचित्रपछि फेरी भोजपुरीतर्फ जाने या नेपाली सिने क्षेत्रमा रहने भन्ने पत्रकारको जिज्ञासामा नायक भट्टले अब निरन्तर नजिक नै रहने जनाए । उनले भने, भोजपुरी तथा नेपाली दुबै क्षेत्रमा काम गर्ने छु, र नेपाली सिनेमा क्षेत्रलाई अब निरन्तरता दिन्छु ।
अहिलेसम्म नेपाली चलचित्रबाट टढा किन रहनुभयो भन्ने अर्को प्रश्नमा नायक भट्टले केही नयाँ गर्ने योजनामा रहेका कारण आफु टढा भएको र नयाँ भनेको चलचित्र साङलो हो । निर्देशक भन्दा चलचित्रमा काम गर्ने सबैको बारेमा सोच्न बाध्य बनाउँदो रहेछ, नायक भट्टले अनुभव सुनाउँदै भने नायक हुँदा मात्र आफ्नो कामलाई प्राथमिकता दिईन्छ ।
पश्चिम नेपालमा नेपालगञ्ज नेपाली सिनेमाको ठुलो बजार रहेका र यहाँ नेपाली चलचित्रलाई माया गर्ने मानिसहरु पनि धेरै रहेकाले आफुद्धारा निर्देशित तथा अभिनित चलचित्र सांङलोलाई पनि माया गर्नुहुनेछ भन्ने आशा छ नायक भट्टले भने, चलचित्रको गित र ट्रेलरले रामै्र प्रतिक्रिया दिएकाले राम्र्रै हुन्छ भन्ने लागेको छ । चलचित्र सांङलो आफैमा सवल रहेको निर्देशक तथा नायक भट्ट दावी गरे ।
माघ २४ गते प्रदर्शन मिति तय गरिएको चलचित्रमा निर्देशक तथा नायक भट्टद्धारा अभिनित यस चलचित्रबाट पुर्व मिस नेपाल निकिता चण्डकले नेपाली सिने क्षेत्रमा पाइला राख्न लागेकी छन् । चलचित्रले लगानी उठाउने कि घाटा हुने भन्ने प्रश्नमा भट्टले अहिलेको अवधीभित्रै लगानी सुरक्षित भइसकेको जानकारी दिए । चलचित्र निर्माणदेखि प्रदर्शन मितिसम्मको प्रचार प्रसार गरी दुई करोड लगानी लागेको नायक भट्टले बताए ।

Next Post

कोहलपुर काँग्रेस विबाद अर्को पक्षले निकाल्यो विज्ञप्ती

२६ पुष २०७६, शनिबार १६:०८
सदरलाइनडटकम, कोहलपुर (बाँके) : नेपाली काँग्रेस कोहलपुरको नगरकमिटीको बैठक कक्षमा आक्रमणको विषयलाई लिएर दुई वटा फरक फरक विज्ञप्ती जारी गर्दै आ–आफ्नो दाबी प्रस्तुत भएका छन् । सदरलाइनलाई प्राप्त जानकारी अनुसार कोहलपुरमा रहेको त्रीभुवन माविको विद्यालय व्यवस्थापन समितिमा आधिकारिक उम्मेदवार बनाउने विषयमा काँग्रेस भित्र रहेका दुई समुह विभाजित भई बैठक स्थलमा […]