खजुरामा शिक्षा र स्वास्थ्य नीति पारित

२४ पुष २०७६, बिहीबार १८:२१
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको विहीवारदेखि शुरु भएको छैठौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको छ । विाधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीतिमा सभामा छलफलपछि पारित भएको हो ।
२ वटा नीति पारित भएसंगै बैठक शुक्रवार विहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । सभाको शुरुमै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षमा भए गरेका कार्य प्रगतिबारे सभालाई जानकारी गराएका थिए ।
शुक्रवार हुने गाउँसभामा शिक्षा ऐन, मानव बेचविखन विरुद्धको नीति, बालविवाह विरुद्ध रणनीति प्रस्तुत हुने खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले बताए । गाउँसभाले योजना संशोधनलगायतका विषयमा छलफल गर्ने बताइएको छ ।

Next Post

माघ मिलनमा थारु कलाकारको प्रस्तुती हुने

२४ पुष २०७६, बिहीबार १८:२१
सदरलाइनडटकम, खजुरा (बाँके) : नेपालगञ्जमा हुने माघ मिलन कार्यक्रममा राष्ट्रिय तथा स्थानीय थारु कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । थारु समूदायको महान पर्व माघे सक्रान्ति (नयाँ बर्ष माघ) को अवसरमा नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रम भव्य रुपमा मनाउने भएको छ । पुष २७ गते नेपालगञ्जमा ‘माघ मिलन’ कार्यक्रमको आयोजना गरी […]