सदरलाइनडटकम,
कोहलपुर (बाँके) : प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर पोखरेलले बाँके राष्ट्रिय निकुञ्जमा बिधिवतरुपमा हात्तीमा बसेर जंगल सफारीको उद्घाटन गरेका छन् । भ्रमण बर्ष २०२० को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले बाँके राष्ट्रिय निकुञ्जको खड्कवारबाट हात्तीसफारी शुरुवात गरेका हुन् ।
बाँके राष्ट्रिय निकुञ्ज नेपालकै सबै भन्दा कान्छो निकुञ्ज हो । बाघको संरक्षण र बाघकालागि यो निकुञ्ज २०६७ सालमा स्थापना भएको हो । ५ सय ५० बर्ग किलोमिटरमा फैलिएको यो राष्ट्रिय निकुञ्जले दाङ, सल्यान र बाँकेमा सिमाना जोडिएको छ ।
यस निकुञ्जलाई बिशेष गरि बाघ संरक्षणकालागि महत्वपुर्ण मानिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । सन २०१३ मा ५ वटा रहेको बाघको संख्या सन २०१९ मा २१ भन्दा बढि रहेको भट्टराईले बताए ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री शंकर पोखरेलले भ्रमण बर्ष सफल पार्नका लागि आन्तरिक पर्यटकहरुको उपस्थितीलाई बढाउनु पर्नेमा जोड दिए । भ्रमण वर्ष नेपाल सरकारको मात्र लक्ष्य नभइ सबै नागरिक र सरोकारवाला निकायको पनि महत्वपूर्ण उद्देश्य भएको पोखरेलले बताए ।