भ्रमण वर्ष शुभारम्भको बर्दियामा भव्य तयारी

११ पुष २०७६, शुक्रबार १४:४८
 

सदरलाइनडटकम,
बर्दिया : प्रदेश ५ सरकारले नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी गरेको छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तर्राष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ ।
बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भ्रमण वर्षको शुभारम्भ गर्नुहुने भ्रमण वर्ष प्रदेश सहसंयोजक माधव नेपालले जानकारी दिए । ठाकुरद्वारालाई सिँगाारेर चिटिक्क बनाइँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा बाँकेमा विशेष कार्यक्रम आयोजना गरिएको छ । ‘भ्रमण वर्षको शुभारम्भ तथा सन् २०२० को शुरुआतमा भारतीय पर्यटकलाई बाँकेका होटलमा विशेष आतिथ्यताको व्यवस्था गरिएको छ’, सहसंयोजक नेपालले भने । उद्घाटनका दिन बाँकेको गावर भ्याली क्षेत्रमा जङ्गल सफारी पनि विधिवतरूपमा शुरु गर्ने कार्यक्रम छ ।
प्रदेश नं ५ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी संयोजक र पर्यटन व्यवसायी नेपाल सहसंयोजक रहनुभएको पर्यटन प्रवद्र्धन समिति गठन गरिएको थियो । उद्घाटन समारोहमा प्रदेशका मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका पाँचपाँच सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने जनाइएको छ । कार्यक्रममा विभिन्न जन जातिको संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नृत्य प्रस्तुत गरिने छ । रोल्पाको मगरनाच, दाङ र बर्दियाको थारूनाच, अवधी नाच, पञ्चेबाजासमेत प्रदर्शन गरिने महोत्सवमा गरिने छ ।

Next Post

नेपालगञ्ज महोत्सव शुरु, विहान झाँकी प्रदर्शन

११ पुष २०७६, शुक्रबार १४:४८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज घरेलु महोत्सव शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको छ । पुस २१ गते सम्म चल्ने महोत्सवको शहरी विकास मन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद इस्तियाक राईले उद्घाटन गरे । राईले मन्त्री पदबाट राजिनामा दिएपनि स्वीकृत भईसकेको छैन् । महोत्सव उद्घाटन शुक्रवार बिहान आठ बजे भब्य […]