क्रिश्चियन धर्मावलम्बीले ‘क्रिसमस डे’ मनाउँदै

९ पुष २०७६, बुधबार १७:३४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रभु येशुको जन्मोत्सव (क्रिसमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले बुधवार क्रिसमस दिवस मनाउँदै छन् । ग्रेगोरियन पात्रो अनुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् ।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको इसाई समाज नेपालगञ्ज नगर कमिटिका अध्यक्ष डक्टप्रसाद धितालले बताए ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्च सहित नेपालगन्जका विभिन्न चर्चहरुमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ ।
हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उनले जानकारी दिए । समाजले उल्लासमय बाताबरणमा धुमधामका साथ सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ ।
साथै गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ । बुधवार चर्चहरुमा प्रभु यशुको प्रार्थना गरिने भएपनि पुष १४ गते नेपालगञ्जमा संयुक्तरुपमा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको उनले बताए ।

Next Post

भोली खण्डग्रास सूर्य ग्रहण लाग्ने

९ पुष २०७६, बुधबार १७:३४
सदरलाइनडटकम, नेपालगञ्ज : बिहीवार पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले जानकारी दिए । पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ । बिहान १०ः०१ बजे मध्य हुने ग्रहण […]

सम्बन्धित