आन्दोलनकी नाइके महिला कैदीबन्दीको सरुवा

५ पुष २०७६, शनिबार १५:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालजञ्जस्थित जिल्ला कारागार बाँकेमा रहेका दुई महिला कैदीलाई अन्यत्र सरुवा गरिएको छ । कारागारका चौकीदारले गुणस्तरहीन खाना खुवाएको लगायत आरोप लगाउँदै कैदीबन्दी आन्दोलनमा उत्रिएपछि आन्दोलनका मुख्य नाइके भनिएकी भगवती राना र प्रेमा चन्दलाई अन्यत्र सरुवा गरिएको हो ।
रानालाई नवलपरासी र चन्दलाई पाल्पामा शुक्रवार बेलुका सरुवा गरिएको निमित्त जेलर दीपेन्द्र पौडेलले जानकारी दिए । शुक्रवार बिहानैदेखि आन्दोलित कारागारका महिला कैदीले चौकीदार फेरबदल गर्नुपर्नेलगायतका माग गरेका थिए । दिनभर तनावग्रस्त रहेको कारागारमा शुक्रवार बेलुका कारागार प्रशासनले चौकीदार ललिता रेग्मीमाथि अनुसन्धान गर्ने प्रतिवद्धता जनाएपछि आन्दोलन रोकिएको पौडेलले बताए ।
यसैवीच कारागार प्रशासनले कैदीबन्दीले उठाएको मागलाई सम्बोधन गर्न रेग्मीमाथि छानविन शुरु गरेको बताएको छ । महिला कैदीले चौकीदार रेग्मीले आफूहरुमाथि रुखो व्यवहार गरेको, गुणस्तरहीन खाना खुवाएको लगायतका आरोप लगाएका छन् । गत कात्तिक १४ मा पुरुष कैदीबन्दीले आन्दोलन गरेपछि जेलर भरतराज पाण्डे, चौकीदार भरत फडेरालगायतको सरुवा भएको थियो । त्यसयता कारागार प्रमुखविहीन छ ।

Next Post

गोठमा आगलागी हुँदा गुल्मीमा एकको मृत्यु

५ पुष २०७६, शनिबार १५:२४
सदरलाइनडटकम, गुल्मी : गुल्मीको इस्मा गाउँपालिका ३ तोरीपाटाका चिन्ताबहादुर सार्कीको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति आगलागी हुँदा परिचय खुल्न नसकेका एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर खड्काले बताए । गोठमा चिन्ताबहादुरका परिवारका कोही पनि नसुतेकाले शव कसको हो भन्ने […]