बुद्ध जन्मस्थलीमा सडक खाना महोत्सव गरिँदै

२ पुष २०७६, बुधबार १७:३५
 

सदरलाइनडटकम,
रुपन्देही : पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बुद्ध जन्मस्थल लुम्बिनीमा सडक खाना महोत्सव गरिने भएको छ । ‘लुम्बिनी जाऔँ, लुम्बिनीमै खाऔँ, लुम्बिनीमै रमाऔँ’ भन्ने मूल नाराका साथ लुम्बिनी होटल सङ्घ नेपालले छैटौँ पटक सडक खाना महोत्सव आयोजना गरेको हो ।
अँग्रेजी नयाँ वर्षको अवसर पारेर यही पुस १५ गते आयोजना गरिने महोत्सवमा नेपाली, चिनियाँ, थाई, इटालेली, जापानीलगायतका विभिन्न देशका खानाका परिकार राखिने बुधवार आयोजित पत्रकार सम्मेलनमा लम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले जानकारी दिए । महोत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग रहेकाले विशेष तयारी गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
लुम्बिनी भ्रमण वर्ष तथा नेपाल भ्रमण वर्षलाई ध्यानमा राखेर आन्तरिक तथा बाह्य पर्यटकलाई लुम्बिनीमा आकर्षित गर्न महोत्सव आयोजना गरिएको सङ्घका महासचिव लीलामणि शर्माले बताए । महोत्सवमा १०० वटा खानाका कक्ष रहने उनले बताए । स्थानीय खानाका परिकारका छुट्टै कक्ष राखिने सङ्घका उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
सो अवसरमा स्थानीय विराहा नाच, विभिन्न जातिको संस्कृति झल्कने प्रस्तुति तथा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने भएको छ । महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकले विभिन्न देशको परिकारको मज्जा लिन र लुम्बिनीको संस्कृति हेर्न सक्ने महोत्सवका संयोजक तथा सङ्घका सल्लाहकार हेमबहादुर विष्टले बताए ।

Next Post

ट्रयाक्टरको ठक्करबाट एकजनाको मृत्यु

२ पुष २०७६, बुधबार १७:३५
सदरलाइनडटकम, कैलाली : ट्रयाक्टरको ठक्करबाट कैलालीमा एकजनाको ज्यान गएको छ । कैलालीको घोडाघोडी नगरपालिका ११ मुर्धवामा बुधवार ट्रयाक्टरको ठक्करबाट १२ वर्षीय विशाल बलामी मगरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । डोटीको जोरायल घर भई घोडाघोडी ११ मुर्धवा आफ्नै फुपाजुको घरमा बस्दै आएका बलामी मगरलाई नवलपुरबाट पहलवानपुरतर्फ […]