सदरलाइनडटकम,
दाङ : दाङको घोराही उपमहानगरपालिका १५ गुलरियामा मंगलवार विहान भेटिएको शंकास्पद बस्तु बम नभएको पुष्टि भएको छ । गुलरीयाको मातृभूमी टोल स्थित मोहन अधिकारीको घरको गेटमा भेटिएको शंकास्पद बस्तु बम नभएको नेपाली सेनाको टोली पुष्टि गरेको हो ।
पलाष्टिकको पोकामा तार बेरेर राखिएको बस्तुलाई रिपु मर्दन गणबाट गएको नेपाली सेनाले निष्कृय पार्दा भित्र दुई पोका नुन भेटिएको छ । गणका मेजर श्याम थापा क्षेत्रीको कमाण्डमा गएको टोलीले उक्त बस्तुलाई निष्क्रिय पार्ने क्रममा नून भेटिएको हो ।
बिहान अधिकारीको घर बहिरको गेटमा उक्त बस्तु भेटिएपछि त्यस क्षेत्र त्रसित बनेको थियो । नेपाल प्रहरी, शसस्त्र प्रहरी सहित नेपाली सेनाको टोलीले लगत्तै उक्त क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । तर्साउनका लागि उक्त बस्तु राखेको हुने सक्ने अनुमान गरेपनि कस्ले राखेको हो भन्ने खुलेको छैन् ।
Next Post
राष्ट्रिय बहिरा महासंघको साधारणसभा बुटवलमा शुरु
१ पुष २०७६, मंगलवार १४:५९
सम्बन्धित
-
२६ माघ २०७६, आईतवार १४:१६
शिवको शव भेटियो, पासी मृत फेला
-
२२ श्रावण २०७९, आईतवार १४:४९
बाँकेमा साढे २९ अर्ब बढी राजस्व संकलन
-
१४ जेष्ठ २०७८, शुक्रबार १६:३८
बानका अध्यक्ष न्यौपानेको निधनप्रति अकोराबद्वारा दुःख ब्यक्त
-
१२ माघ २०७६, आईतवार १९:२०
उद्योग वाणिज्य संघ चुनाव : चुन्ना सय मतले अगाडी
-
२८ श्रावण २०८१, सोमबार १२:२७
नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी प्रसाईको निधन
-
१७ भाद्र २०७५, आईतवार १६:३९
सोमालियामा विष्फोट हुँदा तीनको मृत्यु, चौध घाईते