सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको बेदकोट नगरपालिका १० सिसैयास्थित नहरमा बिहीवार युवकको शव फेला परेको छ । कृष्णपुर नगरपालिका घर भएका २१ वर्षीय सन्तोष पन्तको शव नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । मृत्युबारे अनुसन्धान भइरहेको उनले बताए ।


