हात्तीको आक्रमणमा दुईको मृत्यु, चार घाइते

२५ मंसिर २०७६, बुधबार १८:३०
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महाकाली नगरपालिका–२ मा जंगली हात्तीको आक्रमणमा परी दुई महिलाको मृत्यु भएको छ भने चारजना महिला घाइते भएकी छन् ।
मायापुरी सामुदायिक वनमा बुधवार घाँस दाउरा गर्न गएकी ५० वर्षीया भुलीदेवी बोहरा र ३८ वर्षीया वसन्ती भट्टको हात्तीको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्दले जानकारी दिए ।
आक्रमणबाट सोही ठाउँकी ललिता बोहरा, सुनिता विष्ट, उमा साउद र सरिता ओझा घाइते भएकी छन् । उनीहरुमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए । घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भईरहेको छ ।

Next Post

चितुवाको छालासहित दैलेखमा एक पक्राउ

२५ मंसिर २०७६, बुधबार १८:३०
सदरलाइनडटकम, दैलेख : चितुवाको छालासहित दैलेखमा एकजना पक्राउ परेका छन् । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ४, तिलुखानाका ६८ वर्षीय शिवबहादुर शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए । शाहीले आफ्नै घरमा चितुवाको छाला लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए । उनका […]