छोराले गरे बाबुआमाको हत्या

२० मंसिर २०७६, शुक्रबार १८:३१
 

सदरलाइनडटकम,
बुटवल : मानसिक सन्तुलन गुमाएका रुपन्देहीमा एक युवाले आफ्ना बाबुआमाको हत्या गरेका छन् । ओमसतिया गाउँपालिका ४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेम थापाले बताए ।
प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Next Post

योजना कार्यान्वयनमा उपमहानगरको कडाई

२० मंसिर २०७६, शुक्रबार १८:३१
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षका योजनाको कार्यान्वयनका लागि सक्रीयता बढाएको छ । यहि चैत महिनाभित्र सबै योजनाहरु सम्पन्न गर्ने गरि योजना कार्यान्वयनका लागि सक्रीयता बढाइएको प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले जानकारी दिए । नेपालगञ्जमा चालु आर्थिकवर्षमा वडास्तरीय योजना, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, तराई मधेस समृद्धि कार्यक्रम, […]

सम्बन्धित