सदरलाइनडटकम,
बाग्लुङ : बाग्लुङको बडिगाडमा गाडी दुर्घट्ना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीको तम्घासबाट बाग्लुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले जानकारी दिएका छन् ।
खड्काका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ । दुर्घटनामा गुल्मीका नौं महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो ।
उनीहरुको पहिचान भने खुल्न सकेको छैन । तीन जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ पठाईएको छ ।
Next Post
प्रहरीमा सरुवा–बढुवाको दौडधुप सुरु
१७ मंसिर २०७६, मंगलवार १३:४८
सम्बन्धित
-
१३ जेष्ठ २०७८, बिहीबार १६:४६
एम्बुलेन्स खरिदका लागि डा. श्रेष्ठको सहयोग
-
२८ भाद्र २०७७, आईतवार १९:०२
दुर्लभ बन्यजन्तु रेड पाण्डाको छालासहित ५ जना पक्राउ
-
२१ जेष्ठ २०७६, मंगलवार १४:२६
आफुलाई फसाइएको प्रबन्धक पाठकको दावी
-
६ श्रावण २०८०, शनिबार १६:४७
चीनको अर्को उच्चस्तरीय टोली नेपाल आउँदै
-
१६ फाल्गुन २०७९, मंगलवार १२:२१
एमाले बाँकेका उपाध्यक्ष बिसीद्वारा पुस्तक हस्तान्तरण
-
२६ मंसिर २०७६, बिहीबार १७:३४
कञ्चनपुरमा युवकको शव भेटियो