अर्घाखाँची दुर्घटनामा मृतकप्रति मुख्यमन्त्रीको श्रद्धाञ्जली

१२ मंसिर २०७६, बिहीबार १६:०५
 

सदरलाइनडटकम,
बुटवल : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधवार दिउँसो बस दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले श्रद्धाञ्जली व्यक्त गरेका छन् । बिहीवार शोक विज्ञप्ति जारि गर्दै उनले ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको यात्रुबहाक बस बुधबार अपरान्ह सन्धिखर्क नगरपालिका–६ नरपानी रातामाटेमा दुर्घटना हुँदा १९ यात्रुको निधन र १६ यात्रु घाईते भएको खबरले स्तब्ध बनाएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाईतेको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
सडकको क्षमताभन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही, सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना बढिरहेका छन् । पहाडी क्षेत्रको कठिन भूगोलमा निर्माण गरिएका साँघुरा सडकमा तीब्र गतिमा गाडी हुइँकाउने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको कारण पत्ता लगाएर यतिखेर सरकारले सडक विस्तारको कामलाई तीब्र बनाएको छ । चालकलाई दुर्घटना जोखिमबारे सचेत गराइरहने कार्यक्रम चलिरहेको छ ।
बढ्दो दुर्घटनालाई न्युनिकरण र रोकथाम गर्न नसक्ने हो भने आगामी दिनमा नेपाली समाजमा यसले ठूलो समस्या ल्याउने देखिन्छ । तसर्थ प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्दैछ । यो अभियानलाई सफल बनाउन स्थानीय तह, यातायात व्यवसायी, मजदुर लगायत सबै सरोकारवाला निकाय एकताबद्ध भई अघि बढ्न हार्दिक अपील गर्दछु ।
दुर्घटनालगत्तै उद्वारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय राजनैतिक दलका नेता, कार्यकर्ता र स्थानीय समुदायको सक्रियता र पहलकदमीको म उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद व्यक्त गर्दछु, विज्ञप्तिमा भनिएको छ ।


Next Post

कञ्चनपुरमा एक युवक मृत भेटिए

१२ मंसिर २०७६, बिहीबार १६:०५
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा एकजना मृत फेला परेका छन् । गणेशपुरास्थित कलुवापुर बेलौरी सडकको कल्भर्टनजिकै ४० वर्षीय रमेश विष्ट बिहीवार मृत अवस्थमा फेला परेका हुन् । बैतडीको पुर्चौडी नगरपालिका ८ हाट घर भएका विष्टको मृत्युको कारण भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर […]